काठमाडौं। हिजो नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनी आज बिहान पशुपति पुगेका हुन् । उनलाई पशुपति विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
नले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटवार्ता गरेका थिए ।उनी आजै स्वदेश फर्कनेछन् ।


