काठमाडौं । मौजुदा मन्त्रिपरिषद्मा बरियता हेरफेर गरिएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरीयता हेरफेर गरेका हुन् ।
यसअघि १४औं नम्बरमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई अहिले १६औंमा पुर्याइएको छ । उनको ठाउँमा पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् । पाण्डे हाल कांग्रेसका सहमहामन्त्री छन् ।


