काठमाडौं । उपत्यकामा हरेक वर्ष गाईजात्रा मनाइन्छ। दिवंगत परिवारका सदस्यको आत्माले शान्ति पाओस् भन्ने कामनाले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाइन्छ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।


