काठमाडौं । आगामी तीन दिनसम्म देशभरको मौसम बदली रहने जल तथा मौसम विभागले जनाएको छ ।
हाल (सोमबार बिहान) सबै प्रदेशमा मौसम साधारणतया बदली (आकाशमा बादल) छ। कोसी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको माौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो पनि मौसम देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।
यसैगरी राति देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी, बागमती, गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।


