काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले उपसभामुखले प्रश्न उठेपछि राजीनामा दिन उचित हुने धारणा ब्यक्त गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बास्कोटाले बिभिन्न व्यक्तिलाई अमेरिका पठाउने प्रसंगमा उपसभामुखमाथि गम्भीर प्रश्न उठेकाले आफूलाई सही प्रमाणित गर्न राजीनामा दिएर छानबिनको ढोका खोलिदिन सुझाव दिएका हुन् ।
लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाइने र प्रश्नको सामना गर्दै आफूलाई सही प्रमाणीत गर्ने बाटो पनि रहेको पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले बताए ।