काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष अध्यक्ष ईश्वर पोखरेलले देशको भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन्।
उनले सोमबार प्रेस चौतारी नेपाल, सिन्धुलीले सिन्धुलीमाडीमा आयोजना गरेको पत्रकार भेटघाटमा क्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उनले भने, “अहिले देशमा देखिएको सङ्कटलाई थप बढ्न दिनु हुँदैन। अबको अवस्थामा होस् नपुराए देशलाई कसरी बचाउने भन्ने गम्भिर प्रश्न आउँछ। त्यस कारण पनि राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ। एमालेलाई हामी निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गछौँ।”
एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अरु राष्ट्रिय शक्तिलाई राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, स्वाधिनता, अखण्डको पक्षमा उभ्याउने उनको भनाइ थियो।