काठमाडौं । आज सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ ।
बैठकले एक वर्षे कार्ययोजना पारित गर्नेछ ।
यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।
एमालेको पोलिटव्युरो बैठक भदौ १८ र १९ गते बसेको थियो । सदस्यहरुले दिएका सुझाव समेटेर कार्ययोजनालाई अन्तिम रुप दिन पार्टी सचिवालयलाई जिम्मा दिइएको थियो ।
अध्यक्ष ओलीले तीन शीर्ष नेताबीच भएको छलफल र राजनीतिक परिस्थितिबारे सचिवालय सदस्यहरुलाई जानकारी गराउने सम्भावना छ ।