काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार काठमाडौंका कुनै पनि घर नभत्किने बताएका छन्।
सर्वोच्च अदालतले खोला किनाराबाट दायाँबायाँ थप २०-२० मिटरमा संरचना बनाउने नपाइने आदेश दिएपछि महानगरले उक्त आदेश कार्यान्वयनका लागि सूचना निकालेको थियो।
योजनाबद्ध रुपमा काम गरेर नागरिकलाई दुःख दिने काम भएको उनको आरोप छ ।‘तपाईंको नयाँ मापदण्डअन्तर्गत पर्ने घर कुनै भत्किने छैन निश्चित रहनुहोस्। भत्काउनै परे सरकारले मुआब्जा दिनुपर्छ,’ आइतबार बिहान मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गरेका छन्, ‘५० वर्ष पहिलेको तीनकुनेको मुआब्जा दिन नसक्ने सरकारले तपाईंहरूलाई दिन नि सक्दैन, भत्काउन नि सक्दैन। तपाईंको लागि हामी छँदैछौं, संघीय सरकारलाई दबाब दिनुहोस्- नियम परिवर्तनका लागि।’


