काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी गठित संसदीय विशेष छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइट मार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो ।
समितिको उक्त प्रतिवेदन यसअघि नै सरकारलाई पठाइसकिएको छ । प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरिसकेको छ । एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा समिति गठन भएको थियो ।