काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ०८४ को चुनावमा माओवादीलाई नयाँ ठाउँमा पुर्याउने उद्भोष गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले शनिबार मोरङको ग्रामथानमामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उनले जनताले दलाल र भ्रष्टहरुका विरुद्ध लाग्नुपर्ने समय आउने बताए।
उनले भने, अहिले म जीवनको उत्तरार्धतिर छु। किन हो मलाई अलि बढी जोस आउन थालेको छ। मलाई जोस आएकै छ। भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा जीवनको अन्त्यसम्म लड्ने कसम खाएको छु। मलाई अरु केही गर्नु छैन।’