काठमाडौं ।राजधानी काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गरिएको छ। विक्रम संवत् २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ ।
समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।