काठमाडौं । आज तीन संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार आज बैठक बस्ने तय भएका समितिहरुमा कानुन, न्याय तथा मानवअधिकार समिति,विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समिति रहेका छन् ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे समितिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । । विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेलाई डाकिएको छ ।


