काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विपद्को तयारीमा सरकार पूरै असफल भएको निष्कर्ष निकालेको छ ।
आईतवार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले सो निस्कर्ष निकालेको हो। बैठकले रवि, रास्वपा र सहकारीमा सरकार र गठबन्धनका दलहरु अड्किँदा विपद्जन्य घटनाहरुमा तयारी नगरेको आरोप रास्वपाको छ। बैठकका निर्णय सुनाउँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्राकृतिक विपत्ति आउँदा समेत राज्य तयार नहुनु दुःखद् रहेको बताए।
उनले विपद्को तयारीमा सरकार असफल भएको बताए।