काठमाडौं । सरकारले कार्यालय समयमा सेयर कारोबार नगर्न निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार एक निर्देशनमार्फत सबै मन्त्रालय तथा आयोग माताहतका कार्यालयलाई ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) नचलाउन निर्देशन दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालय समयमा सेयर कारोबार गरेर सेवा प्रवाहमा प्रभाव परेको भन्ने पत्र पठाएको भन्दै मन्त्रिपरिषद्को कार्यालयले यस्तो निर्देशन दिएको हो ।