काठमाडौं । दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश माग गर्दै परेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
दुर्गाका छोरा निराजनले प्रसाईंलाई गैरन्यायिक थुनामा राखिएको भन्दै रिट दायर गरेका थिए । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले उनलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको छ ।
अमुक महिलाको चरित्रमा प्रश्न उठाउँदै दिएको अभिव्यक्तिविरुद्धको उजुरीमा प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।