काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २०८४ को निर्वाचनबाट एमाले थप शक्तिशाली बन्नुपर्ने बताएकी छन् ।
उनल शनिबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो धारणा ब्यक्त गरेकी हुन् ।
उनले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बनी एमालेको तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि लाग्न जरुरी रहेको बता्इन् ।
नेकपा एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुन अहिलेदेखि लाग्न जरुरी रहेको बताउँदै उनले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन जरुरी रहेकोमा जोड दिइन् ।
पूर्वराष्ट्रपति भण्डारीले आगामी निर्वाचनसम्म एमालेले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह गरिन् ।
‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । वाम आन्दोलनको तर्फबाट पनि हो । सबैले प्रमुख अथिति भनेर बोलाउनुपर्ने भएको छ । नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैं सामाजिक फोरमहरुमा प्रमुख अथिति बन्नुपर्ने भयो’, उनले भनिन् ।