काठमाडौं । आज देशभर विश्वकर्माको पूजा गरिँदै छ ।आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।
द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बिचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ।


