काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोपलेशाको जीतले विश्वभरका नेपालीले गौरव गर्न पाएको बताएका छन् ।
उनले शुक्रबार खुलमटारस्थित निवासमा एक कार्यक्रम आयोजना गरी नेपालका लागि पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेका हुन् ।
प्रचण्डले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोबर्धनलाई पनि सम्मान गरेको सचिवालयले जनाएको छ ।
त्यस क्रममा अध्यक्ष प्रचण्डले नेपालबाट इतिहास रच्ने पलेशालाई बधाई दिँदै यो जीतले संसारभरका नेपालीले गौरव गर्ने अवसर प्राप्त भएको बताए ।
‘


