काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले बाढी पहिरोबाट प्रभावित भएकाहरुको राहत उद्धार र जुट्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् ।
उनले शनिवार साँझ वक्तव्य जारी गर्दै सरकारका सबै निकायको समन्वयात्मक परिचालन गर्न आग्रह समेत गरेका छन् । पोखरेलले एमालेका सबै तहका कमिटी,जनप्रतिनिधि र जन वर्गीय संगठनहरुलाई समन्वयात्मकता परिचालित हुन निर्देशन दिएका छन् ।
पोखरेलले अन्य राजनीतिक दलका साथै सामाजिक संघ संस्थाहरुलाई पनि राहत तथा उद्धारमा परिचालित हुन अनुरोध गरेका छन् ।


