काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्ने बताएका छन् ।
उनले आज बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा राखेका हुन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरूको लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ । यसका लागि रु ६० करोड अनुदान दिएको छ ।’
त्यस्तै उनले दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक १ हजार देखि ३ हजार ५ सय रुपैयाँसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको बताएका छन् ।


