काठमाडौं । आज एकैदिन संघीय संसदका विभिन्न चारवटा समितिको बैठक बस्दैछ । यसरी आज बस्ने तय भएका समितिहरुमा आज अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समिति हुन् ।
अर्थ समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । यस्तै, संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।


