काठमाडौं । उपसभामुखले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका ५ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन्।
संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ। विपक्षी दलका नेता एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ पार्टी प्रशिक्षणको लागि यतिबेला मधेसमा भएकाले बैठकमा उपस्थित हुने नहुने टुंगो लागेको छैन्। यसैगरी उपभामुख इन्दिरा रानामाथि संसदमा पदीय आचरणको विषयलाई लिएर प्रश्न उठिरहेको छ। उनले राजीनामा नदिए महाभियोग लगाउनुपर्ने सांसदहरुको माग छ।
आजको बैठकमा नयाँ प्रधानन्यायाधीश, निर्वाचन आयोगको आयुक्त सिफारिस लगायतका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बोलाइएको स्रोतको भनाई छ ।


