काठमाडौ । बुधबार नेप्सेमा उच्च गिरावट आएको छ । आज नेप्से २६ अंकले घटेको हो ।
आज ३१० कम्पनीको १ करोड ५२ लाख कित्ता सेयर खरिदबिक्रीबाट ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार १८७ कम्पनीको मूल्य घट्यो । ५४ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको स्थिर रह्यो ।
कारोबार रकमका हिसाबले बुधबार नेपाल फाइनान्स लिमिटेड पहिलो नम्बरमा रह्यो । यसको कुल २० करोड ७१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।