काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा देशमा अस्थिरता उत्पन्न हुने टिप्पणी गरेका छन् । कांग्रेस संस्थापनइतर समूहका नेता उनले आइतबार गृहनगर विराटनगरस्थित कोइराला निवासमा पत्रकारसँग कुरा गर्ने क्रममा यस्तो बताएका हुन् ।
केही साना पार्टीलाई फुटाउने र एमालेमा मिसाउने शंका रहेको छ । यसैका लागि दलसम्बन्धी ऐन ल्याउन खोजिँदै छ । एमालेले स्थायित्वका लागि भने पनि ‘यो ऐन ल्याउदाँ झन अस्थिरता हुने देखिन्छ । धेरै प्रतिशत राखिँदा दलहरु कम हुन्छन् । साना पार्टी पनि अन्यमा मिसिने छन् । कुनै एक दल ठूलो हुने र एकांकी हुने हुँदा सतर्क रहन आवश्यक छ,’ उनले भने ।


