काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले लेबनानमा समस्यामा परेका नेपालीको छिट्टै उद्धार गरिने बताएकी छन्।
उनले आज संयुक्त राष्ट्रसङ्घको ७९औं महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिएर नेपाल फर्कने क्रममा त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् ।
उनले समस्यमा परेका नेपालीहरू सम्पर्कमा आउन नसकेकाले तत्काल सम्पर्कमा ल्याउन पनि परिवारजनलाई आग्रह गरिन्। उनले आफ्नो भ्रमण सफल भएको पनि जानकारी दिइन्। सो क्रममा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहहरूका प्रतिनिधिहरूसँग फलदायी कुराकानी भएको मन्त्री राणाले बताइन्। आपसी हित र चासोका विविध विषयहरूका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्यबारे अन्य राष्ट्रहरूसँग छलफल भएको उनको भनाइ छ।