काठमाडौं । आज बसेको सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठकले व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउने निर्णयलाई अनुमोदन गरेको छ।
सचिवालय बैठकले जग्गा लिने र घर बनाउने विषय अनुमोदन गर्ने निर्णय गरेको हो।
भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गामा पार्टीको केन्द्रीय कार्यालय बनाउन लागेकोमा पार्टीभित्रबाटै विरोध भएको थियो ।
असोज २५ गते प्रधानमन्त्री समेत रहेका ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालयको भवन सिलान्यास गरेका थिए। त्यस्तै, पार्टीको भवन निर्माणको सन्दर्भमा पार्टी निर्णयको विरुद्धमा जाने नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ।