काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले विपक्षी दलका नेताहरू केन्द्रित कारबाही गरिरहेको बताएका छन्। उनले विहीबार यही कात्तिक १० गते काठमाडौंमा गर्न लागिएको खबरदारीसभाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका छन् ।
“अपारदर्शी, अस्वाभाविक र रहस्यमय तरिकाले संवैधानिक मर्म, भावना र नैतिकताविपरीत बनेको दुईदलीय सरकारको सय दिन बितेको छ । सरकारको सय दिन भ्रष्टचारीको संरक्षण र सुशासनमाथि निरन्तर प्रहार गरेर बितेको छ,” पत्रकार सम्मेलनमा वितरित प्रवक्ता अग्निप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त विज्ञप्ति माओवादी केन्द्रका वाग्मती प्रदेश अध्यक्ष सरल सहयात्रीले पढेर सुनाएका थिए ।