काठमाडौं । फुलपातीदेखि बन्द रहेको सरकारी कार्यालयहरु खुल्ने भएका छन्।
सरकारले दसैं मनाउन ५ दिन बिदा दिएको थियो। आजबाट कार्यालय खुल्ने भएपछि सोमबारबाट दसैंको अन्य दिनको तुलनामा उपत्यकामा सवारी आवागमन बढेका छन्। दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणहरू समेत उपत्यका फर्कन थालेपछि उपत्यकामा सवारी आवागमन बढेको हो।