काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले दशैंअघि नै निर्माण व्यवसायीहरूको २० अर्ब रुपैयाँ भुक्तानी गर्ने प्रयास गरिरहेको बताएका छन्।
मन्त्री पौडेलले बुधबार सिंहदरबारस्थिति अर्थमन्त्रालयमा नेपाल व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्ने क्रममा बताएका हुन्।
उनले निर्माण व्यवसायीहरूले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिबद्धता अनुरुप नै निरन्तर रुपमा भुक्तानी भइरहेको बताए।
अहिले पनि प्रक्रिया पूरा गरेर आएका निर्माण व्यवसायीहरुको भुक्तानी नरोकिएको दाबी गर्दै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूले पाउनुपर्ने सबै दायित्व नपाएको स्वीकार गरे।