काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई फसाउनको लागि राज्यका सबै संरचनाको प्रयोग गरेको दाबी गरेका छन्।
निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइको क्रममा सहकारीको समस्या समाधान गर्नको लागि आफूले मन्त्रिपरिषद्बाट निर्णय गराइसकेको अवस्थामा सरकार ढालिएको बताए।
उनले आफू प्रबन्ध निर्देशक भएपछि कार्यकारी अध्यक्षले सफ्ट लोनको रूपमा ल्याएको पैसाको स्रोत खोज्न कसैले नसक्ने बताए।