काठमाडौं । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनबाट काठमाडौं -१६ मा निर्वाचित भएकी रोजिना श्रेष्ठले सपथ लिएकी छिन् । उनलाई मंगलबार काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
काठमाडौँको ठमेल, नयाँबजार, बालाजु क्षेत्र समेटिएको सो वडाको २१ हजार २५ मतदातामध्ये १० हजार तीन सय ७६ मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएकी क्षेष्ठले दुई हजार नौ सय दुई मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।