काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अप्ठ्यारो स्थितिलाई हेरेर कांग्रेस एमालेको सरकार बनेको बताएका छन् ।
उनले बुधबार आफ्नो जन्मस्थान तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा रहेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै यस्तो बताएका हुन् । आफ्नो आधारभूत शिक्षा पूरा गरेको उक्त विद्यालय १८ कोठे भवनको प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गरेका थिए।
दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा कुल चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले २१ लाख ४० हजार र आठराई गाउँपालिकाले ६९ लाख रुपैयाँमा उक्त भवन निर्माण भएको विद्यालयले जनाएको छ।