काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा दिन सरकारलाई आग्रह गरेका छन् । उनले शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्घाटनका क्रममा यस्तो आग्रह गरेका हुन् ।
उनले पचासौँ वर्षदेखि जग्गा कब्जा हुँदा पनि सरकारबाट आश्वासनमात्रै प्राप्त भएको धारणा राखे । कुनै नेताले मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन घर–घरमा आए विश्वास नगर्न उनले स्थानीयलाई सुझाव दिए ।