काठमाडौं । बुधबार झिनो अंकले घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार भने उच्च अंकले घटेको छ । आज ३१।४३ अंकले घटेर २५९६.८२ विन्दुमा पुगेको हो।
जम्मा ३१० स्क्रिप्सको ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर ४ अर्ब ७६ करोड २ लाख ६७ हजार ४८३ रुपैयाँमा खरिदबिक्री भए।
बुधबार ४ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। दोहोरो अंकले घटेको सेयर बजारमा एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर १० प्रतिशतले घटेको हो।


