काठमाडौं । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले मध्य भोटेकोशी जलविद्युत आयोजना किन तोकिएको समयमा सम्पन्न भएन भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रबार दिउँसो संघका अध्यक्ष बुद्धराज बस्नेतले उद्योगी,व्यवसायी र सिन्धुपाल्चोक जनताको प्रतिनिधित्व गर्दै आयोजनालाई पत्र बुझाएका हुन् ।
संघले बुझाएको ध्यानाकर्षमा निर्माण कार्य सुरु भएको १३ वर्षमा समेत काम सम्पन्न नहुनुमा दोषी को भन्ने प्रशन गर्दै त्यस्तालाई कारबाही गर्न माग गरेको छ । संघले यस आयोजना समयमै सम्पन्न नहुँदा जिल्लाबासीको ठूलो लगानी खेर गएको उल्लेख गरेको छ । संघले निर्माण अवधि धेरै लम्बिँदा महिनाको ५० लाखभन्दा बढी ब्याज बेहोर्नु परेको उल्लेख गरिएको छ । १०२ मेगावाटको यो आयोजनाको सुरुङ चुहिएपछि गुणस्तरमा समेत गम्भीर प्रश्न उठेको थियो ।
ध्यानाकर्षण पत्र बुझ्दै आयोजना प्रमुख सन्दीप जोशी र प्रमुख कार्यकारी अधिकृत (सिइयो) रामगोपाल शिवाकोटीले सुरुङमा देखिएको समस्या समाधान गरेर छिटोभन्दा छिटो विद्युत उत्पादन सुरु गर्ने प्रतिवद्धता जनाएका थिए ।
यस आयोजनाले नेपाली विद्युत प्राधिकरणसँग २०६८ सालमा विद्युत खरिद सम्झौता (पिपिए) गरेको थियो




