काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकलाई मुस्कानसहित सेवा दिनुपर्ने बताएका छन् । उनले आज बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती विधेयकमाथिको छलफलमा यस्तो धारणा राखेका हुन् ।
“व्यवहार राम्रो छ, मिठोसँग बोल्नुहुन्छ । तर, आज हुँदैन भनेर मुस्कान दिएर मात्रै हुँदैन । नागरिकलाई मुस्कान दिने सेवा चाहियो । मुस्कानसहितको होइन,” उनले भने ।
उनले निजामती सेवा सुशासनको बाहक बन्नुपर्ने बताए । संविधान निर्माणपछि बन्नुपर्ने थुप्रै कानुन नबनेकाले नागरिकमा निराशा रहेको उनको भनाइ छ ।


