काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा।प्रकाशशरण महतले नेपाल दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र ९साफ्टा० सदस्य राष्ट्रबाट अलग हुनुपर्ने बताएका छन् ।
उनले आइतवार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा भएको भन्सार ऐनका विषयमा सरोकारवाला निकायहरूसँगको छलफलमा बोल्दै यस्तो धारणा राखेका हुन् ।
पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन्।
उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कमा रहेका देशहरूको दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र साफ्टाको सदस्य राष्ट्रहरूमा नै बढ्दो बेवास्ता भएकाले नेपाल बाहिर निस्कनुपर्ने बताएका हुन्। उनले सम्झौताको मूल मान्यता विपरीत अन्य राष्ट्रले सहमति नमान्ने तर नेपालले मात्रै मान्नुपर्ने अवस्था रहेकाले बाहिर निस्कनुपर्ने बताए।