काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले मातृभूमि जागरण अभियान चलाउने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले यस्तो घोषणा गरेका हुन् ।
उनले सम्बोधनका क्रममा बीपी कांग्रेस, पूर्व देशभक्त सैनिक संगठनसहितलाई एक ठाउँमा राखेर नयाँ पुस्ताको जीवन सुरक्षित बनाउन लागेको पनि बताएका छन् । उनले देशभक्तहरू सबैको सम्मान गर्ने पनि बताए । उनलाई पार्टी नीति विपरीत काम गरेको भन्दै गत पुस ११ गते नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको थियो ।


