काठमाडौं । ताप्लेजुङको पाथीभरामा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप हुँदा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन्।
घाइते हुनेमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना रहेको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन्।
उनले घाइतेको उद्धारमा खटिएको गाडीमा समेत तोडफोड गरिएको जानकारी दिइन्। अहिले पनि स्थिति तनावपूर्ण रहेको बताइएको छ।