काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रलाई गतिशील बनाउन सबैले आ–आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सोमबार सानेपामा कांग्रेस आबद्ध निर्माण व्यवसायीहरूको राष्ट्रिय भेला उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वमा संविधानसभामार्फत संविधान निर्माण भई संघीयतासहितको गणतान्त्रिक व्यवस्था कायम भएपनि आर्थिक समृद्धिको मार्गमा सोचेजस्तो सफलता प्राप्त गर्न नसकेकाले अर्थतन्त्रलाई गतिशील बनाउन सबैले आ–आफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।


