काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले देशमा भ्रष्टाचार मौलाउँला जनता निराश बन्दै गएको टिप्पणी गरेका छन् ।
जनकपुरमा शनिवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरू पनि विस्तारै थाक्दै गल्दै गएको जिकिर गरे।
उनले त्यसको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको अग्रगामी राजनीतिक दल भएको बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भइदिएको भए स्थिरता आउने दाबी समेत गरे। संघीयतासम्बन्धी आवश्यक नियम, कानून आदि वेलामा नबनाइदिँदा ठिक ढंगले कार्यान्वयन हुन नसकेको बताए।


