काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ। बैठक अध्यक्ष प्रचण्डको निवास खुमलटारमा ८ बिहान बजे सुरु भएको हो ।
तराई-मधेस जागरण अभियान बीचमै रोकेको माओवादी केन्द्रले सोमबार बिहानै पदाधिकारी बैठक राखेको हो।
राजावादीको प्रदर्शन, स्ववियु चुनाव, सरकारका गतिविधिलगायत विषय छलफलका मुख्य एजेन्डा हुन्।


