काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय जनताले आफ्नो पार्टीलाई भरोसा गर्न थालेको जिकिर गरेका छन् ।
तराई(मधेश जागरण अभियानअन्तर्गत चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अभियानमा पार्टीप्रति ठूलो लहर देखिएको बताए ।
प्रचण्डले भने, ‘माओवादीको यो अभियानमा अभूतपूर्व लहर देखिएपछि प्रतिक्रियावादी बुर्जुवा पार्टीहरुमा खैलाबैला मच्चिएको पनि हामीले थाहा पायौं । मधेशवादी दल भन्नेहरु पनि हावाकावा भएको देख्यौं ।’


