काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले देशमा प्रजातन्त्र आएपछि धेरै महत्वपूर्ण कामहरु भएको बताएका छन्।
उनले शनिबार २५ औँ ‘ह्वाइटहाउस एजुकेसन फाउन्डेसन डे’ का अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले निराशाको भाष्य बनाउनेभन्दा प्राप्त अवसरको सदुपयोग गर्नु सबैका लागि राम्रो हुने पनि बताए। देशको आर्थिक विकास र समृद्धि नै अबको प्राथमिकता रहेको भन्दै त्यसका लागि सरकारसँगै सबै क्षेत्रबाट सकारात्मक पहलको आवश्यकता रहेको सिंहको भनाई थियो ।


