काठमाडौं । राजावादी आन्दोलनले उग्र रुप लिएपछि काठमाडौं जिल्ला प्रशासनले कर्फ्यु घोषणा गरेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले भर्खरै बानेश्वर–तीनकुनआसपासका क्षेत्रमा कर्फ्यु लगाएको हो।
अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म चार किल्ला तोकी कर्फ्यु लगाइएको सूचना जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ।
बानेश्वर तीनकुने क्षेत्रभित्रको गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुल र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु घोषणा गरिएको छ।


