काठमाडौं । राजावादीको आन्दोलनले हिंसाको रुप लिएपछि हिजोदेखि काठमाडौंको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनाअनुसार आज बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको हो। रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश बिहान ७ बजेसम्मका लागि थपिएको थियो ।


