काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले नचाहिएको विषयमा निहुँ खोजेर सदन अवरुद्ध गरेको आरोप लगाएका छन् ।
उनले विहीबार महिला उद्यमी महासंघको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटनका क्रममा यस्तो आरोप लगाएका हुन् ।
उनले यही चैत १८ गतेभित्र अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने स्थितिमा त्यसलाई प्रभावित पार्न सदन अवरुद्ध गरिएको बताए ।


