काठमाडौं । आज पनि शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार परिसूचक (नेप्से) २५.३१ अंकले बढेको हो ।
आज ३१८ स्क्रिप्सको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ रुपैयाँमा खरिदबिक्री भए।
विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो। आज बोटलर्स नेपाल ९बालाजु ०का लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सीईडीबी होल्डिंक्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३६ करोड ५५ लाख मूल्य बराबरको सेयर कारोबार भयो।


