काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावसम्म सरकारको समीकरण परिवर्तन नहुने ठोकुवा गरेका छन् । उनले मंगलबार सिरहा जिल्लाको ११औं अधिवेशनलाई सम्बोधन गर्ने क्रममा यस्तो जिकिर गरेका हुन् ।
उनले वर्तमान सरकार चुनावसम्म टसमस नहुने दाबी गरे। ‘अबको १५ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छु। सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू अब थाके। यो मजबुद सरकार हो,’ उनले भने। अधिवेशनबाट सर्वसम्मत र परिपक्व नेतृत्व चयन गर्न आग्रह गर्दै अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि प्यानल बनाएर गुटबन्दी गर्नु आवश्यक नभएको बताएका थिए।


