काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको बल्खुमा आमसभाको आयोजना गर्दैछ ।
बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बिहान साढे ११ बजेबाट हुने आमसभामा सहभागिताका लागि राप्रपाले जनाएको छ । बागमती प्रदेशस्तरीय बृहत् प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन गर्ने जनाएको छ ।


